Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिस्का जात्राको चौथो दिन आज भक्तपुरमा लिङ्गो उभ्याईंदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ३० २०७८
  • 7.8K
    SHARES

भक्तपुर । आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बुधबार लिङ्गो उभ्याईंदैछ ।

आज मध्यान्ह तालाक्वस्थित कुमाले टोलमा करिब ४० हात लामो हात नभएको लिङ्गो र साँझ भेलुखेलस्थित योसिंखेलमा करिब ५५ हात लामो लिङ्गो उभ्याईने परम्परा छ ।

स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर मध्यान्ह हात नभएको लिङगो उभ्याउने र तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी योसिंखेलमा आज साँझ लिङ्गो उभ्याइने छ ।

प्रजापति समुदायले आज उभ्याएको लिङ्गोलाई जात्राका अन्तिम दिन अर्थात बैशाख ५ गते बिहान ढालिन्छ भने जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ ।

यसैबीच मध्यपुरको बोडेस्थित महालक्ष्मी मन्दिर प्रांगणमा पनि आज बिहानै योसिं द्यो अर्थात लिङ्गो उभ्याउने गरिन्छ । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको ब्रत शुरु हुने र बैशाख २ गते जिब्रो छेडेपछि मात्रै ब्रत समाप्त हुने परम्परा रहेको छ ।

भक्तपुरको बिस्का जात्रामा योसिंद्यो अर्थात लिङ्गो उभ्याउने र ढाल्ने जात्राको प्रमुख आकर्षक हो ।

यो जात्रा हेर्दा शत्रुनाश हुने जनविश्वास रहेकाले भक्तपुर नगर र यसको वरिपरि रहेका गाउँमात्र होइन काठमाडौं, ललितपुर, काभ्रे, नुवाकोट र धादिङका सर्वसाधारणसमेत बिस्केट जात्रा हेर्न भक्तपुर पुग्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४