Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भायानेटका ग्राहकले मिदास इ–क्लास निःशुल्क चलाउन पाउने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २८ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास एजुकेसनसँग साझेदारी गरेको छ।

यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास इ–क्लास १ महिना निःशुल्क चलाउन पाउनेछन् ।नर्सरी देखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास इ–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइट मार्फत प्रयोग गर्न सकिनेछ । ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तर–क्रियात्मक कार्यक्रमहरु रहेको यो सेवाले अनलाइन सिकाईलाइ अझ सहज र रमाइलो बनाउँछ।

मिदास इ–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई प्रत्यक्ष सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन्। विद्यालय अध्यनरत विद्यार्थीहरुको लागि फलामे ढोका मानिने एसईई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा विश्वास भायानेटको रहेको छ ।
भायानेटले २०७९ बैशाख महिनाभर आफ्नो ग्राहकलाई मिदास इ–क्लास एक महिना निशुल्क चलाउन दिनेछ। भायनेटका ग्राहकहरूले आफ्नो भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एप मार्फत लगइन गरी मिदास इ–क्लास दाबि गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४