Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : मन्त्री बडू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २७ २०७८
  • 13.9K
    SHARES

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संघसङ्गठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले सो कुरा बताए ।

विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए । पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उनले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताए ।

नेपाल एलपी ग्यास उद्योग संघ, नेपाल पेट्रोलियम ढुवानी महासंघ र पेट्रोलियम पदार्थ डिलर्स एसोसिएशनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका थिए ।

पछिल्लो समय इन्डियल आयल कर्पाेरेशन (आइएसपी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ ।

निगमले उपभोक्ता मूल्य बढाएर व्यवसायीलाई दिइने कमिशन नबढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४