Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन्दर कार्की गोकुलगंगा २ मा नेपाली काँग्रेसवाट सर्वसहमत वडा अध्यक्षको उमेदवार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २६ २०७८
  • 3.8K
    SHARES

रामेछाप । आसन्न हुन गइरहेको २०७९ वैशाख ३० को स्थानीय निर्वाचनको लागि गोकुलगंगा गाउँपालिका वाड न. २ ठोसेवाट वडा अध्यक्षको लागि नेपाली काँग्रेस वडा समितिले त्यसै वडाका सभापति सुन्दर कार्कीलाई सर्वसहमत रुपमा वडा अध्यक्षमा सिफारिस गरेको छ ।

शारदा माध्यामिक बिद्यालय ठोसेवाट एस.एल.सी.गरेका कार्कीले रत्नराज्य क्याम्पसवाट आइ .ए .पास गरेका छन् भने विभिन्न संघ÷संस्थामा आवद्ध भएर ठोसका मानिसहरुलाई सहयोग गर्दै आएका छन् भने आफैले पनि जनतालाई अफ्ठ्यारो पर्दा खटेर उद्धार कार्य गर्ने गरेका छन् ।

स्थानीय तहका हुने निर्वाचनले पार्टीभन्दा पनि जनताले असल सोच भएका व्याक्ति चुन्ने चलन भएको हुदा गोकुलगंगा गाउँपालिका अन्र्तगतको वाड.न. २ मा रहेका गाउँहरु ठोसेवजार, दोर्जे, लिसे, पात्ले,चोरपातल,दाँङ‌गर दिँङगर सोत्रेखानी, डाडागाउँ, कर्तेखास, काम्वास, गैरीगाउँ, तल्लो विगु, माथिल्लो विगु , थुम्की गरी १४ वटा गाउँहरु रहेका छन् ।

यि १४ वटा गाउँहरुको भुगोललाई बुझेका सुन्दर कार्कीको नामै सुन्दर त्यतिकै भएको होइन । उनको सोचमा पनि त्यतिकै सुन्दर सोच भएको त्यहाका जनताहरुलाई पु¥याएको योगदानवाट सुन्दर भएको त्यहीका स्थानीयहरुले बताउने गरेका छन् ।

नेपाली काँग्रेस पार्टीमा बुढाहरुले मात्र चान्स पाउछन् भन्ने चलनलाई समेत चुनौती दिदै युवा नेतृत्वले नेतृत्व गर्नुपर्छ भन्ने सोचवाट अगाडी बढेका छन् । त्यसकारण एमालेवाट अहिलेसम्म उम्मेद्धारको टुङगो लागिनसकेको हुनाले नेपाली काँग्रेसवाट उम्मेद्धार भएका सुन्दर कार्की सत्ता साझेदार गठन्धनवाट पनि सर्वसहमत भइसकेका छन् । नेकपा(माओवादी केन्द्र) ले पनि उनलाई सघाउने अहिले एमालेवाट फुटेको समाजवादीले पनि तालमेलमा जाने र राप्रपाले कार्यसमिति सदस्य लिएर काँग्रेसलाई सहयोग गर्ने भएपछि सुन्दर कार्कीको जित हुने सम्भावना बलियो देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४