Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाले जिते १२ कक्षासम्मको अध्ययन नि:शुल्क बनाउँछौँ : लिङ्देन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २६ २०७८
  • 7.5K
    SHARES

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षासम्मको अध्ययनलाई पूर्ण रूपमा नि:शुल्क बनाउने र भ्रष्टाचारमुक्त नेपाल बनाउने बताएका छन् । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु भएको बताए ।

प्रमुख पार्टीहरूले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झने गरी केही काम गर्न नसकेको भन्दै उनले ती पार्टीहरूलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनताहरूलाई आग्रह गरे । उनले भने, ‘हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनै पनि पार्टी, कुनै पनि नेताले पटक–पटक मौका पाउँदाखेरी पनि जनताले सम्झने गरी एउटा कुरा छोडेर जान सक्दैन ।

जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरि साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफू पनि सहभागी हुनु हो । देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहन्नँ । तपाईंहरूलाई बुझाउनका लागि मात्रै ती पार्टीहरूको नाम लिन चाहन्छु । अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कतिपटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बर्बाद गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदाखेरी देखाएनन् । अब फेरि देखाउँछन् कि भन्ने भुल गर्नुहुँदैन ।’

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको सिकार भएको बताए। उनले २०४६ सालपछिको देश पूर्ण रूपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरू र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरूको घरमा थन्किएको आरोप लगाए। उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए । उनले विद्यमान पार्टीहरूलाई मत दिएर यो देश बन्छ भन्नु र साँढेको टाङमुनि बाल्टी थापेर दूधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे । उनले तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खालि गरिदिन आह्वानसमेत गरे । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४