Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारबाट राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २६ २०७८
  • 7.6K
    SHARES

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले गभर्नरमाथि छानविन गर्ने निर्णय गरेको थियो । छानबिनका लागि समिति गठन भएसँगै अधिकारी निलम्वनमा पर्नु भएको हो । गभर्नर अधिकारीले राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूरा नगरेकाले निलम्बन गरिएको अर्थमन्त्रालय श्रोतले जनाएको छ । गभर्नर अधिकारीका विषयमा जाँचबुझ गर्नभन्दै सरकारले तीन सदस्यीय जाँचबुझ समिति समेत गठन गरेको छ । सरकारले सर्वाेच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहनुभएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नरलाई पदमुक्त गर्नुअघि जाँचबुझ गर्न समिति गठन गर्नुपर्ने हुन्छ । राष्ट्रबैंक ऐन २०५८ को दफा २२ मा राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकलाई पदमुक्त गर्न जाँचबुझ समिति गठन र त्यसको सिफारिस अनिवार्य हुने व्यवस्था छ । समितिलाई एक महिनाभित्र छानविन प्रतिवेदन बुझाउन भनिएको छ ।

बिहीबारकै मन्त्रिपरिषदको निर्णय भए पनि सरकारले अधिकारीको निलम्बन गोप्य राखेको थियो।गभर्नर अधिकारी शुक्रबार दिउँसोसम्म अर्थमन्त्री जनार्दन शर्मासँगै कार्यक्रममा कार्यक्रममा हुनुहुन्थ्यो।तर त्यतिबेलासमम पनि उहाँले निलम्बनको सुँइको पाउनु भएको थिएन । अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त हुनु भएको थियो । अधिकारीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गभर्नर नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४