Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २५ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।

बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७ सय २८ मत पाइसकेका छन् । उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाएका छन् । अब गणना हुन करिब १५ सय मत मात्र बाँकी भएकाले घिमिरेको जित निश्चित भएको हो ।महासचिवमा पनि घिमिरे प्यानलकी अन्जिता खनालको जित निश्चित जस्तै छ । खनालले ३ हजार १ सय ७५ र उनको प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३ सय ४५ मत पाएका छन् ।

मतगणनामा सहभागी निर्वाचन समितिका एक सदस्यका अनुसार अन्य पदहरुमा पनि घिमिरे प्यानल नै अगाडि छ ।

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशन २६ औं केन्द्रीय कार्यसमितिका लागि यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७ सय ८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७ सय र उपत्यका बाहिर तीन हजार ५ सय मतदाता रहेका थिए । सात हजार ४ सय २९ मत मात्र खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४