Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसद्वारा युक्रेनको सबैभन्दा ठूलो एयरबेस बम बिस्फोट गरेर ध्वस्त


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २३ २०७८
  • 8.2K
    SHARES

एजेन्सी । रुसले युक्रेनको सबैभन्दा ठूलो होस्तोमल एयरबेसमा बम आक्रमण गरेको छ ।

यो एयरबेस युक्रेनको राजधानी कीभमा पर्छ । यो एयसवेसमा विश्वकै सबैभन्दा ठूलो कार्गाे बिमान राखिएको थियो । तर अब त्यो विमान कथामा मात्रै हुनेछ । किनकि रुसले बम र मिसाइल हानेर त्यो बिमानलाई ध्वस्त पारिदिएको छ ।

रुसको आक्रमणमा विमान मात्रै नभएर त्यहाँको जमीन, पर्खाल,अरु जहाज र घरका छानाहरूमा प्वाल र खाडलहरू समेत परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । युद्धको यस्तो अवस्थामा विस्फोट भएको एयरबेसबाट युक्रेनले रुसी हतियार,पुराना बम र काम नलाग्ने कुराहरू हटाउन सकेको छैन । मानिसहरू त्यो ठाँउलाई फेरि प्रयोगमा ल्यराउन चाहन्छन् तर, रुसी आक्रमणको डरले कोहि पनि त्यहाँ जान नसकेका संचार माध्यमहरुले जनाएका छन् । युक्रेनमाथि रुसले बिना कारण आक्रमण गरेको बुधबार (आज) ४२ दिन पुगेको छ ।

तर,यो युद्ध कहिले रोकिने हो भन्ने कुराको टुंगो लागेको छैन । युद्ध झन् झन् भयानक हुँदै गएको छ । युक्रेनका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । रुसले युक्रेनका सम्पूर्ण संरचनाहरू ध्वस्त बनाइदिएको छ । युक्रेनी नागरिकको पीडाले विश्वलाइनै स्तब्ध बनाएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युक्रेनका सडकहरुमा युक्रेनी नागरिकका शवहरु यत्रतत्र छरिएका छन् । उनीहरुको रुसी सेनाले क्रुरतापूर्वक हत्या गरेका छन् ।

रुसका कारण १ करोड बढी युक्रेनीले आफ्नो देश छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । देश छोड्नेहरुले पनि युक्रेनमा रहेका अरु आफन्त जीवित छन् या रुसी आक्रमणमा परे भन्ने यकिन जानकारी पाउन सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४