Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनाव निष्पक्ष, विश्वसनीय र पारदर्शी बनाउन ट्रान्सपरेन्सीको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २२ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निष्पक्ष, विश्वसनीय र पारदर्शी रुपमा आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचन सम्पन्न गर्न आह्वान गरेको छ । टीआई नेपालले एक विज्ञप्तिमार्फत सातवटा सरोकारवाला पक्षहरुलाई मितव्ययी रुपमा निर्वाचन सम्पन्न गर्न आह्वान गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले देशभर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । उमेद्वारका साथै मतदातासमेतलाई शान्तिपूर्ण, भर र त्रासरहित वातावरणमा निर्वाचन हुने वातावरण बनाउन आग्रह गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले निर्वाचनलाई विश्वसनीय र निष्पक्ष बनाउन निर्वाचन आयोगसँग आग्रह गरेको छ ।

मतदाता शिक्षाको व्यवस्था गरी उचित ठाउँमा मतदान केन्द्रको व्यवस्था गर्न र मतदातालाई डररहित वातावरण दिन पनि आयोगलाई आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘मतगणना र नतिजा घोषणामा सहज र विश्वसनीय व्यवस्था मिलाउन आयोगलाई विशेष आह्वान गर्दछ ।’

ट्रान्सपरेन्सीले उपयुक्त, सक्षम, सेवामुखी र योग्य उमेद्वार छनौट गर्न राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । अनि सभ्य र शिष्ट प्रचारशैली अपनाउन अनि जिम्मेवारीपूर्वक व्यवहार गर्न दलहरुलाई आह्वान गरेको हो । त्यसैगरी मतदातामा डर, त्रास, भ्रम वा लोभ लालचमा नपारी स्वतन्त्र मत व्यक्त गर्ने वातावरण दिन उमेद्वारहरुलाई आग्रह गरेको छ ।

आयोगले कसैको लोभलालचमा नपरी भ्रम र भयरहित रुपमा मतदान गर्न मतदातालाई आग्रह गरेको छ । अनि लोभलाचन र स्वार्थ नभएका अनि उच्च नैतिक आचरण भएका उमेद्वारलाई मतदान गर्न सुझाव दिएको छ । ट्रान्सपरेन्सीले विज्ञप्तिमार्फत भनेको छ, ‘आफ्नै हातले आफू र आफ्ना सन्ततीको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आम–मतदातालाई आह्वान गर्दछ ।’

ट्रान्सपरेन्सीले आफूले दिएको चन्दा र सहयोग पारदर्शी बनाउन उद्योगी, व्यवसायी र अरु चन्दादातालाई आग्रह गरेको छ । अनि निर्वाचन आचारसंहिता विपरीत कुनै पनि सहयोग नगर्न ध्यानाकर्षण गराएको छ ।

ट्रान्सपरेन्सीले सञ्चारमाध्यमहरुलाई निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न सुझाव दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यो निर्वाचनलाई सफल बनाई उपयुक्त व्यक्तिमात्र निर्वाचित हुन सक्ने वातावरण बनाउन आह्वान छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४