Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवालाई डा. लोहनीको प्रश्न- मित्रता कायम गर्न लम्पसार नै पर्नुपर्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १९ २०७८
  • 5.2K
    SHARES

© जन प्रहार 

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा ‘प्रोटोकलविपरीत’ सत्तारूढ भाजपाको मुख्यालय पुगेपछि आलोचना भइरहेको छ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका देउवा भ्रमणका पहिलो दिन शुक्रबार भाजपाको मुख्यालय पुगेका थिए ।

सम्बन्ध सुधारका नाममा ‘प्रोटोकलविपरीत’ प्रधान मन्त्री भाजपा मुख्यालय पुगेको भनेर आलोचना भइरहेको हो । यहीबिच राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधान मन्त्री देउवाले दुई नयाँ कुरा गरिसकेको भन्दै व्यङ्ग्य गरेका छन् ।

पूर्व प्रधान मन्त्रीसमेत रहेको लोहनीले प्रतिपक्षी नेतासँग नभेट्नु र भाजपाको मुख्यालय पुग्नुलाई नयाँ कुराको संज्ञा दिएका हुन् । ‘सम्माननीय प्रधान मन्त्री देउवाले भारतमा दुईवटा नयाँ कुरा गरिसक्नु भयो ।

पहिलो उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन, दोस्रो बिजेपीको नेता भेट्न पार्टी कार्यालयमै जानु भयो । मेरो प्रश्न- के मित्रता कायम गर्न लम्पसार नै हुनु पर्छ र ? आफ्नो मर्यादा आफैले राख्ने कि नराख्ने ?’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि औपचारिक भ्रमणमा भारत आउने नेपाली प्रधानमन्त्रीले कुनै दलको मुख्यालयको भ्रमण गर्ने चलन थिएन, बरु सत्तारूढ दलकै शीर्ष नेताले नेपाली प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने चलन हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४