Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा डीआईजी कार्कीको रिट दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १७ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । एआईजीमा बढुवा भएका ३ जना अधिकृतलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउँदै गर्दा सर्वोच्चमा सो निर्णय बिरुद्ध रिट दर्ता भएको छ । आईजीपी क्षेत्रीकै ब्याचमेट ईश्वरबाबु कार्कीले वारेस केशव पौडेलमार्फत ल्याएको रिट दर्ता गरिएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले  जन प्रहारलाई बताएका छन् ।

अरु दुईजना डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीले ल्याएको रिट निवेदन अध्ययन भइरहेको प्रवक्ता पौडेलले बताए । बिहिबार मन्त्रिपरिषद्ले धीरज प्रताप सिंह, बसन्त कुमार पन्त र रविन्द्र बहादुर धानुकलाई  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । सो निर्णय बिरुद्ध ३ एआईजी अदालत गएका हुन् ।

बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै ३ जना डीआईजीले यसअघि लोकसेवा आयोग स्थित बढुवा उपर उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए । तर, सो समितीले चैत १ मा गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितीले गरेको बढुवा सिफारिस सदर गरेको थियो ।

त्यसपछि डिआईजीहरु अदालत पुगेका हुन् । बढुवा बिरुद्ध उजुरी गर्ने तिनै जना डीआईजी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४