Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन्दरीजल टिपर दुर्घटना : दिदीबहिनीको शव १० घण्टापछि उठ्यो, टिपर कम्पनीले ४५ लाख दिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 13.1K
    SHARES

© कृष्ण बहादुर तामाङ 

काठमाडौं । सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो ।

दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।

आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठक्करबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा ४ ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई किचेको थियो । गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

स्कुल बस छुटेमा छोरीहरुलाई आफैंले विद्यालय पुर्‍याउनु पर्ने भएपछि बुधबार बिहान हतारमा थिए रोहन तामाङ। गोकर्णेश्वर नगरपालिका-१ श्वेतवारही मन्दिर नजिकै छ उनको घर।

८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि को’रोना महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे​।

त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो। ‘ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने। बुधबार पनि उनको यही शिलशिला चलेको थियो।

तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्। काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ। उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ ।

कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन। अचानक बा४ख ६९६५ नम्बरको टिपर ब्याक हुन थाल्यो, रोहनले बाइकको हर्न बजाइरहे।

ब्याक भएको टिपरले उनको हर्न नै सुनेन। अनि उनीहरुलाई किचेरै छाड्यो। टिपरले ठेलेपछि बाइकबाट ख’सेका छोरीहरू त्यसकै टायरमा परे। घटनास्थलमै उनीहरुको प्रा’ण प’खेरु उ’ड्यो। अरु विद्यार्थी लिएर नजिकै स्कुल बस कुरिरहेको थियो ।दु’र्घटनामा परिसकेकाले रोहन बस स्टपसम्म पुग्न पाएनन्।

सृष्‍टि र श्रेयालाई कुरिरहेको बस उनीहरु नआएपछि स्कुलतिर लाग्यो। यता टिपरले दिदी बहिनीको ज्यान लिएपछि एकैछिनमा टोलभरी ह’ल्लाखल्ला मच्चियो, शो’कमा डु’ब्यो। त्यही टिपरले किचेर ग’म्भीर घा’इते भएका रोहनलाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको छ।

दुई बालिकाको ज्यान लिएपछि आ’क्रोशित स्थानीय र आफन्तले टिपरमा आ’गजनी गरे। टिपर चालक तत्कालै फरार भए। सडकमा टायर बल्यो, मेलम्ची चोकमा सडक बन्द गरियो। स्थानीयलाई तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्याससमेत हानेको छ।

यता विद्यालयमा पनि पढाइ भएन। ‘सबै विद्यार्थीलाई रोकिराखेका छौं। बाहिर अवस्था त’नावपूर्ण छ। विद्यालयमा रूवाबासी छ’, सेढाईले भने, ‘बाहिरको अवस्था साम्य भएपछि विद्यार्थीहरु छाड्छौँ।’अहिले दुई पक्षबीच वार्ताको तयारी भइरहेको प्रहरी चौ’की मेलम्चीका सई देव सागर तामाङले जन प्रहारलाई बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४