Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानी प्रधानमन्त्री इमरानको सरकार अल्पमतमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १६ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ ।

विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो ।

पाकिस्तान पिपुल्स पार्टी नेतृत्वको विपक्षी मोर्चा र एमक्युएमबीच मंगलबार राति सहमति भएको हो ।

एमक्युएमसँगको सहमति लगत्तै पीपीपीका नेता विलावाल भुट्टो जर्दारीले इमरान खानको सरकार ढल्ने निश्चित भएको बताएका छन् ।

सन् २०१८ देखि सत्तामा रहँदै आएको खान नेतृत्वको पाकिस्तान तेहरिक पार्टीको सरकार विरुद्ध भोलि पाकिस्तानको नेशनल एसेम्ब्लीमा अविश्वास प्रस्ताव पेश हुँदैछ । ३४२ सदस्यीय पाकिस्तानी तल्लो सदनमा विपक्षी मोर्चासँग १७७ मत पुगेको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४