Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन् २०२१ मा नेपालमा मानव अधिकारको अवस्था दयनीय : एमनेस्टी इन्टरनेशनल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १५ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । एमनेस्टी इन्टरनेशनलले सन् २०२१ मा नेपालमा मानव अधिकारको अवस्था दयनीय भएको जनाएको छ ।

एम्नेस्टी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको सन् २०२१ को प्रतिवेदनअनुसार नेपालमा अपराधीले दण्ड नपाएको, प्रहरी हिरासतभित्र चरम दमन हुने गरेको उल्लेख छ ।

यसैगरी कोरोना महामारीको बेला स्वास्थ्य सेवाबाट नागरिक वञ्चित भएको लगायतका कारण मानव अधिकारको अवस्था दयनीय रहेको पाइएको एम्नेस्टीले उल्लेख गरेको छ ।

सन् २०२१ को अप्रिलदेखि सुरु भएको कोभिड–१९ को दोस्रो लहरले नेपालको कमजोर स्वास्थ्य सेवा प्रणालीलाई नै धरापमा पार्दा सात हजार जनाभन्दा धेरैको ज्यान गएको थियो ।

खोप, चिकित्सकीय सुविधा, अक्सिजन, भेन्टिलेटर तथा अन्य जीवनरक्षक स्वास्थ्य उपकरणलगायत अत्यावश्यक आपूर्तिहरूको चरम अभाव र सरकारको अपर्याप्त तयारीले अवस्थालाई झनै गम्भीर बनाएको प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका कारण सीमान्तकृत समूह तथा दैनिक ज्याला–मजदुरी गर्नेहरू बढी प्रभावित भएका तथा यातना र अन्य दुर्व्यवहारका घटना पनि भएका प्रतिवेदनले उल्लेख गरेको छ ।

दुव्र्यवहारमा पर्नेहरूमा धेरैजसो थनुवाहरू सीमान्तकृत दलित र मधेसी समुदायका रहेका र घटनाहरूमा कुनै स्वतन्त्र अनुसन्धानहरू नगरिएको एमनेस्टीले जनाएको छ ।

यस्तै, राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूको स्थापनाका बेला आफ्नो पुख्र्याली भूमिबाट निष्कासित हुन पुगेका आदिवासी नागरिकहरू अझै पनि भूमिहीन अवस्थामा रहेका र अनौपचारिक बस्तीहरूबाट थप जबरजस्ती निष्कासनको जोखिममा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४