Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा निस्किदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १४ २०७८
  • 7.3K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि चैत १८ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने भारत भ्रमणमा जान लाग्नु भएको हो ।प्रधानमन्त्री देउवासहितको उच्च स्तरीय भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा पनि सहभागी हुनुहुनेछ । त्यसैगरी भ्रमण दलमा परराष्ट्र मन्त्री डा.नारायण खड्का, अन्य मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री देउवा भारतको भ्रमण सकेर चैत २० गते स्वदेश फर्कनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ गते भारतीय उपराष्ट्रपति बकैया नायडू र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुहुनेछ । त्यसै गरी भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । देउवाले भारत भ्रमणकै क्रममा उत्तर प्रदेशको धार्मिक सहर बनारसको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४