Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी सेनाद्वारा युक्रेनको लभिभ सहरको तेल भण्डार डिपो ध्वस्त


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १३ २०७८
  • 6.7K
    SHARES

एजेन्सी । रुसले युक्रेनको लभिभ शहरमा रहेको तेल भण्डारणको डिपामो रकेट प्रहार गरेर ध्वस्त बनाई दिएको छ ।

रुसले तेल भण्डार डिपोमा बम आक्रमण गरेपछि ठूलो धुवाँको मुस्लो निस्किएको थियो । डिपोमा बम आक्रमणपछि आगलागी भएको थियो । बीबीसीका अनुसार लभिभ क्षेत्रका गभर्नर म्याक्सिम कोजित्स्कीले रुसले तेल भण्डार डिपोमा आक्रमण गर्दा पाँच जना युक्रेनी घाइते भएका र आगलागीले इन्धन भण्डारण केन्द्र र एउटा कारखानामा क्षति पुगेको बताएका छन् । त्यस्तै तेल बोक्ने धेरै ट्यांकरहरु जलेर खरानी भएका छन् ।

रुसले बिना कारण गत फेब्रुअरी २४देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसी आक्रमणका कारण युक्रेनको सम्पूर्ण क्षेत्र तहस नहस भएको छ । युद्धबाट जोगिन ३५ लाख युक्रेनी नागरिक आफ्नो देश छोडेर छिमेकी देशमा शरणार्थीका रुपमा शरण लिन पुगेका छन् । रुसले सोचे बिपरित युद्ध लम्बिदै गएपछि रुसी सेना र युक्रेनी सेनाबीच भीषण युद्ध भइरहेको छ । शक्तिशाली मानिएको रुसी सेनाबिरुद्ध लड्न युक्रेनी सेनाले हार भने मानेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४