Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोगप्रति ओलीको आक्रोश – आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १३ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाच आयोगप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार एमाले स्थायी कमिटी बैठलाई सम्बोधन गर्दै ओलीले मतपत्रको रङ बदल्ने निर्णयप्रति आपत्ति जनाउँदा जनाउँदै पनि बलमिच्याइ गरेको आरोप लगाए। ‘मत पत्रको रङ बदल्नै पर्छ,’ उनको भनाइ छ, ‘ यो विल्कुलै आपत्तिजनक कुरा हो । निर्वाचन आयोगले यस्ता क्रियाकलप गर्न मिल्दैन । हामीले आपत्ति जनाउँदा जनाउँदै बलमिच्याइ किन ?’

ओलीले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत अरोप लगाए।‘निर्वाचन आयोगले हरियो रङ छान्यो, यो एउटा संकेत हो,’ उनले भने, ‘हरियो रङ लगाउँदा छर्लङ्ग देखिने रहेछ भन्ने कुरा आयोगले गर्‍यो। सूर्यमा हरियो रङ लगाउँदा कसरी प्रष्ट देखिने रहेछ ? हरियो रुख ढपक्क पार्ने निर्वाचन आयोगको निर्णय आपत्तिजनक हो ।’

आयोगले दलहरुसँग परामर्श नगरि एउटा दल विशेषलाई फाइँदा पुग्ने गरि रङ निर्धारण गरेको आरोप लगाउँदै ओलीले यसको प्रतिवाद गर्न समेत नेताहरुलाई निर्देशन दिए। ‘हाम्रो विपक्षमा फैसला गर्ने निर्वाचन आयोगको क्रियाकलाप हामीले देखेका छौं,’ उनले भने, ‘अब यस्ता क्रियाकलाप नहोउन भनेर निर्वाचन हेर्ने साथीहरु प्रस्तुत हुनुहोला ।’

निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ । ‘हामी निष्पक्ष, निर्विवाद, तटस्थ निर्वाचन आयोग चाहन्छौं,’ ओलीले भने, ‘हामी निष्पक्ष निर्वाचन आयोग चाहान्छौं, जसमाथि सबै पार्टी र जनताले विश्वासा गर्न सकौँ ।’

निर्वाचन आयोग अटेरी गरेर अगाडि बढीरहेको भन्दै ओलीले यो चिन्ताको विषय रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४