Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 6.5K
    SHARES

यातायात व्यवस्था विभागले जेठसम्म फारम भरिसकेका सोवग्राहीसँग परीक्षा लिइसकेपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था मिलाउने र शुल्क लिएर घरसम्मै लाइसेन्स डेलिभरी गर्ने तयारीका साथ काम भइरहेको जनाएको छ ।

© नेत्र बहादुर कार्की 

 काठमाडौं । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।

‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ घिमिरले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पूर्वाधार र जनशक्ति थप गरेर व्यवस्थापन गर्नुपर्छ ।’

ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । ‘शुल्क लिएर घरसम्मै डेलिभरी गरिदिन सकिन्छ भनेर हामीले मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ महानिर्देशक घिमिरेले भने ।

उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।

‘अहिले दैनिक ६ हजार जना मात्रै परीक्षामा सहभागी हुँदैछन्, अब क्षमता बढाएर १५ हजार बनाउँछौं,’ घिमिरेले भने, ‘त्यसपछि एउटा नागरिकता नम्बर भएका व्यक्तिले एकपटक मात्रै अनलाइन आवेदन भनसक्ने बनाएर बिचौलिया रोक्छौं ।’ जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढंगबाट सेवा प्रवाह दावी गरे ।

‘आवेदन प्रणालीमा देशभरका जुनसुकै यातायात कार्यालयमा १५ दिनभित्र उपलब्ध रिक्त सिट आवेदकले हेर्न पाउने र आफ्नो पायक पर्ने कार्यालयमा आवेदन दिएर तुरुन्तै अनलायनबाट शुलक भुक्तानी गर्न सक्ने व्यवस्था गर्छौं,’ उनले भने ।

बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै महानिर्देशक घिमिरेले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४