Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 9.4K
    SHARES

काठमाडौं । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

‘विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ विभागका प्रवक्ता सन्तोष केसीले जन प्रहारसंग  भने ।

उनका अनुसार डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ ।

तर, सरकारको यो कदमको उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् ।

‘मूल्य छु्ट्टै बढाउने भन्ने होइन । ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ हेरेर मूल्य तोकिने छ,’ केसीले भने । यसअघि करिब ५० वर्षदेखि सिटामोल ५०० एमजीमा उत्पादन हुँदै आएको थियो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४