Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत ११ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ११ २०७८
  • 7.7K
    SHARES

                                                पञ्चाङ्ग
वि.सं. चैत ११, २०७८ । ई.सं. २५ मार्च २०२२ । शक संवत् १९४३ । नेपाल संवत् ११४२ चिल्लागा । राक्षस, उत्तरायण वसन्त । शुक्रबार चैत्र कृष्णपक्ष । तिथि- अष्टमी, २३:०४ बजे उप्रान्त नवमी । नक्षत्र- मूल, १७:१७ बजे उप्रान्त पूर्वाषाढा । योग- वरियान्, २६:५२ बजे उप्रान्त परिघ । करण- वालव १२:१६ बजेदेखि कौलव, २३:०४ बजे उप्रान्त वणिज । चन्द्रराशि धनु । आनन्दादि योग स्थिर । दिनमान ३०।३१ । सूर्योदय ६:०५ । सूर्यास्त १८:१७ । गोरखकालीपूजा,अष्टमीव्रत, शीतलाष्टमी, बासेरा, दुदुच्याँच्याँ ।

राशिफल

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले साथ दिनेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ र द्वेष गर्नेहरूले हार खानेछन्। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। सानाे प्रयत्नले राम्रै अवसर दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ गर्ने समय छ। रोकिएका कामले पुनः गति लिनेछन्। मिहिनेतले राम्रै उपलब्धि दिलाउनेछ। पछिसम्म लाभ हुने काम थालनी हुनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन अलमल भए पनि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका आउला। प्रतीक्षित नतिजा पनि सबल नै रहनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहाेला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला। प्रयत्न गर्दा कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ। नयाँ अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। श्रम गर्नुपरे पनि आँटेको काम सम्पादन हुने समय छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत बनाउन सकिनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई समयमै ध्यान दिनुहाेला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्। मिहिनेतले प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिरनले व्यक्तित्वमा निखारता ल्याउनुका साथी जीवनशैलीमा परिवर्तन आउनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ।

नेपाली पात्रोबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४