Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरौटीमा छुुटेका ३ जना अदालतको आदेशपछि फेरि पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ८ २०७८
  • 7.6K
    SHARES

धनगढी । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् ।

जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नाबय उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलालीको लम्कीचुहा नगरपालिका–३ बस्ने २८ वर्षीय बिकास खड्का र कैलालीकै बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुवँर रहेको जानकारी दिए ।

जोशीले गत फागुन ५ गते उच्च अदालतको तत्काल धरौटी तारेखमा छुटेका तिनै जनालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएअनुुसार उनीहरुलाई पक्राउ गरिएको बताए । उनीहरुलाई जिल्ला अदालतमा पेश गरेर कारागार चलान गरिने प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जना गत मंसिर २४ गते जिल्ला अदालत कैलालीको आदेशपछि धरौटी बुुझाएर तारेखमा छुुटेका थिए भने अन्य ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

लम्कीचुुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । कैलाली प्रहरीले बडुवालको हत्यामा संलग्न भएको आरोपमा २१ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

उनीहरुमध्ये ९ जना तत्काल र एक जनापछि पक्राउ परेर कारागार चलान भइसकेका छन् । थप तीन जनासमेत गरेर कारागार चलान हुने अभियुुक्तको संख्या १३ पुगेको छ भने अन्य ८ जना अझै फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४