काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभिनेत्री प्रियंका कार्कीलाई साेधपुछका लागि बोलाएको छ ।
क्रिप्टो करेन्सीको प्रवर्द्धनात्मक अनलाइन सामग्री(विज्ञापन)मा कार्कीको तस्बिर प्रयोग भएको विषयमा सोधपुछका लागि उनलाई बोलाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जन प्रहार लाई बताएका हुन् ।
‘क्रिप्टो करेन्सीको विज्ञापनमा अभिनेत्री प्रियंका कार्कीको तस्बिर प्रयोग भएको पाइयो,’ महतोले जन प्रहारसँग भने, ‘सेलिब्रेटीको तस्बिर अनुमति लिएर वैध रुपमा र अनुमति नलिकन अवैध रुपमा पनि कतिपय ठाउँमा प्रयोग गरिएको हुन्छ । यसैबारे सोधपुछका लागि हामीले बोलाएका हौँ ।
अहिले उहाँ सीआईबी कार्यालयमा आउनु भएको छ । यसबारे हामी उहाँबाट बुझ्ने क्रममा छौँ । अभिनेत्री कार्कीसँग सोधपुछ गरेपछि यसबारे थप अनुसन्धान अघि बढ्ने समेत उनले बताएका छन् ।
