Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घना जंगलमा हराएका २ बालक १ महिनापछि जिउँदै भेटिए


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ४ २०७८
  • 7K
    SHARES

एजेन्सी । ब्राजिलको अमेजन रेन जंगलमा हराएका दुई बालक एक महिनापछि जिउँदै भेटिएका छन् ।

दाजभाई रहेका ती दुबै बालक गत फेब्रुअरी १८ तारिखमा चराको शिकार गर्न भनेर घरबाट निस्किएका थिए । तर फर्केर नआएपछि उनीहरुको अवस्था अज्ञात भएको थियो । यो घटना ब्राजिलको मनीकोरको हो । दाजुभाईमध्ये दाई ग्लेसन कार्वाल्हो रिबेरो ८ वर्षका थिए भने भाई ग्लेको कार्वाल्हो रिबेरो ६ वर्षका थिए ।उनीहरु हराएको खबर सुनेपछि ब्राजिलियन प्रहरीले केही समय खोजी गर्यो पत्ता लगाउन सकेन र खोजी कार्य रोक्यो । तर स्थानीयले भने हार खाएनन् ती बालकको खोजी गरिरहे र अन्तिममा भेट्टाएरै छोडे ।

१५ मार्चमा जंगलमा दाउरा काटिरहेका एक व्यक्तिले यी दुबै दाजुभाईहरूलाई देखे । उनीहरूलाई अब हवाईजहाजबाट राजधानी मानौस लगिने त्यहाँको जनसुरक्षा सचिवालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । दुबै दाजुभाइको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

जसमा उनीहरू निकै पातलोे र दुब्लो देखिएका छन् । उनीहरुको स्वास्थ्य अवस्थाका बारे जाँच गर्न ब्राजिल सरकारले स्वास्थ्य अकिारीलाई निर्देशन दिएको छ । उनीहरुका बारे थप अनुसन्धान भइरहेको ब्राजिलका संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४