Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतबाट जिआई ट्याग गरिएका उत्पादन विश्वभर लोकप्रिय


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ४ २०७८
  • 9.5K
    SHARES

काठमाडौं । भारतमा दार्जिलिङ चिया र बासमती चामल भारतका दुई सबै भन्दा लोकप्रिय भौगोलिक सङ्केत जिआई ट्याग गरिएका कृषि उत्पादन हुन् । तर पछिल्ला केही वर्ष यता धेरै नयाँ निर्यात गन्तव्यतर्फ लागेका छन्।

भारतकाे कृषि र प्रशोधित खाद्य निर्यात विकास प्राधिकरणले काला नमक चामल, नागा मिर्चा, असम काजी नेमु र बैंगलोर रोज प्याज जस्ता उत्पादनका लागि नयाँ विश्वव्यापी बजारहरूमा परीक्षण ढुवानीलाई सुविधा दिइरहेको छ।भारतको नागपुर सुन्तला, जीआई प्रजातिको आँप, जीआई ट्याग गरिएको शाही लिची, भलिया गहुँ, मदुरै मल्ली, वर्धमान मिहिदाना र सिताभोग, दहनु घोल्वाद सपोटा, जलगाउँ केरा, वजाकुलम अनानास, मरायूर गुड़लगायतका अन्य उत्पादनको पनि निर्यात प्रवर्द्धन भईरहेको छ ।

भारतको वाणिज्य मन्त्रालयका अनुसार हालसम्म ४ सय १७ दर्ता भएका जीआई उत्पादनहरू रहेका छन् । तिमध्ये करिब १ सय ५० जीआई ट्याग गरिएका उत्पादनहरू पनि कृषि र खाद्य उत्पादन हुन्।

यी मध्ये १०० सय भन्दा बढी दर्ता भएका जिआई उत्पादनहरू प्राधिकरणले अनुसूचीत उत्पादनहरू (अनाज, ताजा फलफूल र तरकारीहरू, प्रशोधित उत्पादनहरू, आदि) को श्रेणीमा पर्छन्।

भौगोलिक सङ्केत जिआई कुनै खास भौगोलिक उत्पत्ति भएको र त्यस उत्पत्तिको कारणले गुण वा प्रतिष्ठा भएको उत्पादनहरूमा प्रयोग गरिने चिन्ह हो।वाणिज्य तथा उद्योग मन्त्रालयले पछिल्लो समय जिआई उत्पादनको निर्यातको विवरण पनि साझा गरेको छ ।

सन् २०२१ मा जिआई उत्पादनहरूको उल्लेखनीय ढुवानीमा नागाल्याण्डबाट बेलायतमा नागा मिर्चा (राजा खुर्सानी), मणिपुर र असमबाट युनाइटेड किंगडममा ब्ल्याक राइस, युनाइटेड किंगडम र इटालीमा असम लेमन, तीन जीआई प्रजातिको आँप (फजली, पश्चिम बङ्गालबाट खिरसापति र लक्ष्मणभोग)र बिहारबाट बहराइन र कतारसम्मको एउटा जिआई प्रजातिको आँप (जर्दालु)।

पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाबाट करीव ३० किलोग्राम जॉयनगर मोआको नमूना ढुवानी कोलकाता एयरपोर्ट हुँदै बहराइन पठाइएको थियो। नमूना ढुवानी पछि बहराइनबाट जोयनगर मोआका लागि थप अर्डरहरू प्राप्त भयो। ५ सय २४ केजी जीआई ट्याग गरिएको शाही लिचीको पहिलो ढुवानी बिहारको मुजफ्फरपुर जिल्लाबाट सन् २०२१ मेमा लन्डनमा निर्यात गरिएको थियो।

यो वर्ष आन्ध्र प्रदेशबाट दक्षिण कोरियामा जिआई ट्याग गरिएको बानागनपल्ले आँपको निर्यात पनि देखियो।जुन २०२१ मा सिजनको पहिलो ढुवानी १ हजार ४८ केजि जिआई ट्याग मलिहावादी दशहेरी आँप लखनउबाट युनाइटेड किंगडम र यूएईमा निर्यात गरिएको थियो।

अन्य क्षेत्रका जिआई उत्पादनहरूमा सांगली किसमिस, नागपुर सुन्तला, दहनु घोल्वाद चिकू, मराठवाडा केसर आम, महाराष्ट्रको जलगाउँ केरा, ओडिशाको कंधमाल टर्मरिक र कर्नाटकको बैंगलोर रोज प्याज, इलाहाबाद सुर्खा अमरूद, उत्तर प्रदेशको कालानामक चावल, र मदुराई मल्ली समावेश छन्।

मणिपुर ब्ल्याक राइस (चक-हाओ), मणिपुर काचाई लेमन, मिजो चिली, अरुणाचल सुन्तला, मेघालय खासी मन्डारिन, असम काजी नेमु, कार्बी आङ्लोङ जिंजर, जोहा राइस, र त्रिपुरा रानी जस्ता उत्तर पूर्वी क्षेत्रका अद्वितीय जिआई उत्पादनहरू प्रवर्द्धन गर्न। पाइन्याप्पल, (एपीईडिए) मार्फत केन्द्रले क्रेता-विक्रेता भेटघाट, सचेतना र क्षमता अभिवृद्धि कार्यशालाहरू आयोजना गर्दै आएको इन्डिया न्यूज नेटवर्कले जनाएकाे छ ।

सन् २०२० मा यूएई र अमेरिकासँग प्राधिकरण अनुसूचीत उत्पादनका लागि दुई ठूला निर्यात बजारहरू आबुधाबीमा रहेको भारतीय दूतावास र वाशिंगटन डचमा भारतको दूतावासको सहयोगमा भर्चुअल क्रेता-विक्रेता भेटघाटहरू आयोजना समेत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४