काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अपराधी भएको आरोप लगाउनुभएको छ ।
ह्वाइट हाउसमा बुधबार आयोजित एक पत्रकार सम्मेलनमा बाइेडेनले यस्तो आरोप लगाउनुभएको हो ।पुटिनका सेनाहरुले गरेको आक्रमणमा युक्रेनका सयौं सर्वसाधारणले ज्यान गुमाएको प्रसंगमा एक अमेरिकी पत्रकारको प्रश्नमा जवाफ दिदै बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिनुभएको हो ।
बाइडेनको यस्तो टिप्पणी ‘अस्विकार्य’ तथा ‘अक्षम्य’ रहेको प्रतिक्रिया रुसले दिएको छ ।
अमेरिकी बमबाट विश्वका कुनाकुनामा लाखौं नागरिक मारिएको प्रसँग उठाउँदै क्रेमलिनले पुटिनलाई युद्ध अपराधनी भन्नु हास्यास्पद भएको टिप्प्णी गरेको हो ।
उता, युक्रेनमा भने आज २२ औं दिन पनि रुसी सैन्य हमला जारी छ । रुसको सैन्य हमलाबाट एउटा सिनेमा थिएटरमा आश्रय लिईरहेकेमा थुप्रै युक्रेनी नागरिक हताहत भएको खबर छ ।