Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैंकहरुले मनपरी बढाए ब्याजदर, सीईओहरुलाई राष्ट्र बैंकले गरायो सचेत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २ २०७८
  • 2.3K
    SHARES

काठमाडौं । बैंकहरुले मनपरी ढंगले ब्याजदर बढाउने गरेको पाइएको छ । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि निक्षेप तान्न बैंकहरुले मनपरी ढंगले ब्याज दिने गरेको पाइएको हो ।

बैंकहरुले नियम विपरीत ब्याजदर परिवर्तन गर्ने गरेको पाइएपछि राष्ट्र बैंकले १४ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक साथै नेपाल बैंक, नबिल बैंक, एनएमबी बैंक र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको हो ।

विभागका अनुसार नेपाल एसबीआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई समेत नियम विपरीत ब्याजदर नबढाउन सचेत गराइएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन तथा परिपत्र अनुसार बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेप तीन महिनासम्म परिवर्तन गर्न पाइँदैन । तर यी बैंकहरुले नियम विपरीत तीन महिना नपुग्दै ब्याजदर बढाएपछि राष्ट्र बैंकले एक्सन लिएको हो । पहिलो पटक भएकाले बैंकका सीईओहरुलाई राष्ट्र बैंकले सचेतमात्रै गराएको छ ।

यसैगरी कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत बिन्दु भन्दा बढीले फरक पार्न नपाइने व्यवस्था छ । यो व्यवस्था समेत केही बैंकहरुले उल्लङ्घन गरेका छन् । उता वैधानिक तरलता अनुपात कायम नगर्ने केही बैंकलाई भने आर्थिक जरिवाना समेत गरिएको राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४