Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको आवेदन बन्द


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरु बिलखबन्दमा परेका छन् । सोमबार एक सूचना जारी गर्दै १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो । आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको थियो ।

अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षाको व्यवस्था गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको नियन्त्रणभन्दा बहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछि (२०२५ सम्मको) को मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा छन् ।

लाइसेन्सको परीक्षा सुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिए नलिई नियमित शैलीमा परीक्षा लिइरहेका छन् । यहीबेला चाप व्यवस्थापनको काम गर्नुको साटो नयाँ आवेदन लिन बन्द गर्ने निर्णयमा विभाग पुगेको छ ।

महामारीको कारण देखाएर चैत २०७६ पछि झण्डै पुस २०७७ सम्म अनुमतिपत्र बन्द थियो । झण्डै एक वर्षपछि आवेदन खुल्ला खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो । सुरुमा दैनिक कार्यालयहरुले दिएको कोटाअनुसार मात्रै फारम भर्न सकिने व्यवस्था थियो । त्यसैकारण विभागले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो ।

त्यही अवस्थामा फेरि १६ वैशाख २०७८ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो, जुन कात्तिक महिना मात्रै खुलेको थियो । त्यसको ४ महिना नबित्दै फेरि विभागले आवेदन लिन बन्द गरेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसाल आवेदन दिएर प्रतिक्षारत नागरिकलाई तुरुन्तै परीक्षा दिने वातावरण बनाउन आवेदन बन्द गरिएको दाबी गर्छन् । अब आवेदकहरुलाई मोबाइलमा म्यासेज पठाएर अग्रिम रुपमै सेवा लिन आउन आग्रह गर्ने बताउँछन् ।

‘आवेदन दिएको एक हप्ताभित्र नै लाइसेन्सको परीक्षा लिने गरी व्यवस्था गर्न नयाँ आवेदन लिन बन्द गरेका छौं,’ उनले भने, ‘यातायात कार्यालय र ट्रायल सेन्टरको क्षमता बढाएर छिटो लाइसेन्स दिन चाहान्छौं ।’

त्यसका लागि प्रदेश सरकारहरुसँग छलफल गरेर नयाँ आवेदन स्थगित गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४