Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाअभियोग पेश भएसंगै प्रतिनिधि सभा बैठक चैत २ गते बस्नेगरी स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २९ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ’सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल बुधबार बस्ने बैठकमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने छ । एमालेको अवरोधकाबीच महाअभियोग प्रस्ताव छलफलका लागि पेश गरिएपछि आइतबारको बैठक सकिएको हो ।

प्रधानन्यायाधीश राणा विरुद्ध यहि फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । राणाविरुद्ध सत्ता गठबन्धनमा सहभागी दलहरुले महाअभियोग प्रस्ताव ल्याएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४