Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युक्रेनबाट तत्काल सेना हटाउन रुसलाई राष्ट्रसंघको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २८ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमण जारी राखेकै बेला राष्ट्रसंघले तत्काल युक्रेनबाट सेना हटाउन रुसलाई आह्वान गरेको छ ।

राष्ट्रसंघीय महासभाले हिजो एक प्रस्ताव पारित गर्दै यस्तो आह्वान गरेको हो । १८१ देश सहभागी महासभाले युक्रेनबाट तत्काल रुसी सेना हट्नुपर्ने सम्बन्धि प्रस्तावलाई अत्यधिक बहुमतले पारित गरेको हो । प्रस्तावमाथि मतदान हुँदा १४१ वटा देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने ५ वटा देशले विरोधमा मतदान गरेका थिए ।

३६ देश भने मतदानमा सहभागी नै भएनन् । राष्ट्रसंघीय महासभाको प्रस्ताव पारित भएपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्व समुदायलाई ऐक्यवद्धताका लागि धन्यवाद दिंदै आखिरमा जीत युक्रेनकै हुने प्रतिक्रिया दिुनभएको छ ।

राष्ट्रसंघले रुसको आक्रमणबाट युक्रेनमा अहिलेसम्म २२७ जना सर्वसाधारण मारिएको र ५२५ जना घाइते भएको जनाएको छ।यस्तै ८ लाख ७० हजार युक्रेनीहरु देश छाडेर भागेको पनि राष्ट्रसंघको भनाइ छ । यता, आक्रमणको सातौं दिन पनि रुसी सेनाले युक्रेनका विभिन्न शहरमा हमला जारी राखेको छ ।

दक्षिणी शहर खर्सोन रुसी सेनाको कब्जामा गएको त्यहाँका मेयरले नै स्वीकार गरेका छन् । राजधानी किभमा भने रुसी सेना अहिलेसम्म प्रवेश गरिसकेको छैन ।

किभको उत्तरी काँठमा भेला भएर रुसी सेना बसेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४