Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ऋषि कट्टेलको नेकपाले स्थानीय चुनावमा भाग लिन नपाउने”७९ दलले स्थानीय चुनावमा भाग लिन पाउने”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २७ २०७८
  • 9.8K
    SHARES

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् । निर्वाचनका लागि ८० वटा दलले निवेदन दिएका थिए तर निर्वाचन आयोगको बिहीबार बसेको बैठकले ७९ वटा दलको निवेदनलाई स्वीकृत गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निवेदनलाई भने आयोगले अस्वीकृत गरेको छ ।

ऋषि कट्टेल नेतृत्वको यो दलको अध्यक्ष र उपाध्यक्षको विवाद आयोगमा रहेकाले दल दर्ताको निवेदन अस्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । आयोग स्रोतका अनुसार, ऋषि कट्टेललाई कारवाही गरेको भन्दै कार्यबाहक अध्यक्ष बनेका लोकनारायण सुवेदीले निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका थिए ।

त्यसलगत्तै कट्टेलले आफू आधिकारिक अध्यक्ष भएको र आफूले आयोगमा निवेदन दर्ता नगरेकाले सुवेदीको पत्रले मान्यता पाउन नहुने भनी अर्को निवेदन दिए । तर नेपाल कम्युनिष्ट पार्टीको विधानमा कार्यबाहक अध्यक्षको व्यवस्था नभएको भन्दै आयोगले प्रश्न उठायो । अनि कट्टेलमाथि कारवाही गरेको भए त्यसको जानकारी समेत आफूले नपाएको भन्दै निर्वाचन आयोगले कट्टेलकै निवेदनलाई आधिकारिकता दिएको हो ।

आयोगका एक अधिकारीले भने, ‘कट्टेल नै आधिकारिक अध्यक्ष भन्ने देखियो । उहाँले दल दर्ताको निवेदन लिएर आउनुभएन । अनि आएको निवेदन समेत आधिकारिक नभएको बताएपछि त्यो दलले स्थानीय तह निर्वाचनमा आफूलाई दर्ता गरेन, दर्ता नगरेपछि कसरी निर्वाचनमा भाग लिनु ?’

हेर्नुहोस् निर्वाचनमा भाग लिने दलहरुको सूची

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४