Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालद्वारा श्रीलंका पुलिसलाई ३३२ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 6.5K
    SHARES

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आफ्नो तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल र करण केसीले अर्धशतक बनाए । अर्धशतकका कारण श्रीलंका पुलिसलाई बलियो लक्ष्य दिएको हो । नेपालले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ३१ रन बनायो ।

नेपालले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेको थियो । ओपनर कुशल भुर्तेल ५७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि अर्का ओपनर आशिफ शेखपनि ५२ रनमा आउट भएपछि नेपालले दोस्रो विकेट गुमायो । तेस्रो विकेटका लागि आरिफ शेख र रोहित पौडेलविचपनि अर्धशतकीय साझेदारी भएको थियो । जसमा आरिफले ३५ रन बनाए । तर विनोद भण्डारी मात्र तीन रनमा आउट भएपछि नेपालले चौथो विकेट गुमायो ।

त्यसपछि भिम शार्की दुई रनमा आउट भए भने पवन सरार्फ मात्र तीन रनमा पेभेलियन फर्किए । रोहित पौडेलले ७२ रनको योगदान गरे । अन्तिममा १० ओभरमा करण र कमल सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै नेपाललाई विशाल लक्ष्यतर्फ बढाए । जसमा उनीहरुले शतकीय साझेदारी गर्न सफल भए । जसमा करणले अविजित अविजित ५३ रन बनाए भने कमलले अविजित ४५ रनको पारी खेले ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४