Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन तहमै चुनावी गठबन्धनमा देउवाको जोड, विपक्षमा नबोल्न निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 6.6K
    SHARES

©नेत्र बहादुर कार्की 

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको निर्वाचनमा मिलेर जानुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्साको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहमा देउवाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।

करिब ७ मिनेट भाषण गरेका प्रधानमन्त्री देउवाले अधिकांश समय गठबन्धनको आवश्यकता औंल्याए । काँग्रेसमा शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा अभिव्यक्ति दिरहेका बेला देउवाको यस्तो अभिव्यक्ति आएको हो ।

महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ र शेखर कोइराला लगायतले गठबन्धन गर्न नहुने बताइरहँदा पहिलो पटक सर्वाजनिक अभिव्यक्ति रुपमा यस्तो निर्देशन पनि दिएका छन् । एक महिने चुनावी अभियानका ७७ वटा जिल्लामा प्रतिनिधिका रुपमा खटाइएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदा पनि देउवाले गठबन्धनका नेताको मनमा चिसो पस्ने गरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए ।

देउवाले सार्वजनिक कार्यक्रमबाटै पार्टीभित्रका चुनावी गठबन्धन विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । ‘हाम्रा साथीहरुको बोलीले गठबन्धनका साथीहरुलाई चिसो पस्ने कुरा गर्नु हुँदैन । गठबन्धनका साथीहरुलाई बेवास्ता गर्ने कुरा छैन ।

 ०७४ को आम चुनावको परिणाम स्मरण गराउँदै देउवाले गठबन्धन मिलेर जानुपर्ने बताए । ‘हामीले सबैको सहयोग लिएर जानुपर्छ । ७४ को चुनावमा हाम्रो हालत के थियो रु हामी सबै ठाउँमा चुनाव हारेका थियौं । सत्ता गठबन्धन मिलेर जाँदा स्थानीय तह, प्रदेश र केन्द्रमा फेरि सरकार बनाउन सकिने देउवाको भनाइ थियो । ‘अहिले गठबन्धनको सरकार छ । यो गठबन्धन मिलेर चुनाव लड्दा स्थानीय तहदेखि प्रदेश र केन्द्रमा पनि फेरि हाम्रो सरकार बनाउन सक्छौं ।

अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उनको बुझाइ छ । ‘कसै न कसै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ । त्यसैले गठबन्धनका साथीहरुको सहयोगले सरकारमा बसेको हो । प्रधानमन्त्री भएको छु,’ देउवाले भने, ‘गाउँमा जिल्ला केही समस्या होलान् । त्यसलाई कुरा गरेर मिलाउनुपर्छ । यो कुरा काँग्रेसका नेताहरुले बुझ्नुपर्ने प्रधानमन्त्रीले बताए । उनले भने, ‘नेताहरु सबै बुझ्ने हुनुहुन्छ । सबै नेताले बुझ्नुपर्छ । गठबन्धनलाई हामीले एक साथ लागौं ।

मुलुक, प्रजातन्त्र र काँग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको देउवाको दाबी छ । ‘त्यस कारण हाम्रा बोली भाषाले गठबन्धनका साथीहरुलाई चिड्याउने काम छैन ।’ देउवाले एमाले विभाजन भएपनि सशक्त नै रहेको पनि पार्टीका नेताहरुलाई स्मरण गराए । उनले भने, ‘अर्कोतिर विपक्षी ओलीको एमाले पार्टी छ । उ सिद्धिएको छैन, उ सशक्तै छ ।’ 

त्यसैले गठबन्धनका सम्बद्ध दलका नेता कार्यकर्तालाई सशंकित बनाउने भन्दा मिलेर जाने कुरामा लाग्न प्रधानमन्त्री देउवाले निर्देशन दिए । ‘स्थानीय चुनाव आएको छ । कहाँ कहाँ सकिन्छ रु कहाँ कहाँ सकिँदैन रु मिलाउनुपर्छ । तर गठबन्धनका साथीहरुलाई सशंकित पारेर काम छैन ।’ सबै पार्टीको सहयोगले एमसीसी पास भएको देउवाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४