Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका बेनेटको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ ।

सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो ।

केहि दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको जनाएपनि अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन ।

बेनेटको शल्यक्रियामा संलग्न बाल्टिमोर अस्पतालका चिकित्सक डा. बार्टली ग्रिफिथले बेनेट जीवनको अन्त्यसम्म पनि लडिरहने साहसी र भद्र बिरामी रहेको बताउनुभयो । बेनेटका छोरा डेभिड बेनेट जुनियरले अपरेसनले काम गर्दैन भन्ने थाहा भए पनि बेनेटले चिकित्सा क्षेत्रमा नयाँ खोजमा सहयोग पुर्‍याउन तयार भएको बताएका छन् भने दुई महिनाअघिको शल्यक्रियालाई ‘जादु’ को संज्ञा पनि दिएका छन् ।

उनमा गत जनवरी ७ मा सुँगुरको जेनेटिक मोडिफाइ मुटु प्रत्यारोपण गरिएको थियो । मानव स्वास्थ्यमै ठूलो उपलब्धिका रुपमा यो प्रत्यारोपणलाई लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४