Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दक्षिण कोरियाको राष्ट्रपतिमा युन सुक यओल निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २६ २०७८
  • 7.7K
    SHARES

काठमाडौं । दक्षिण कोरियामा बुधबार सम्पन्न राष्ट्रपतिय निर्वाचनबाट विपक्षी पिपुल्स पावर पार्टीका नेता युन सुक यओल राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

पूर्व महाअभियोजनकर्ता समेत रहेका ६१ बर्षिय युनले सत्तारुढ डेमोक्रेटिक पार्टीका ली जाय म्योङ्गलाई झिनो मतान्तरले हराउँदै राष्ट्रपति निर्वाचित हुनुभएको हो ।युनले ४८ दशमल ५६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो भने म्योङ्गले ४७ दशमल ८३ प्रतिशत मत पाउनु भएको थियो ।

कन्जरभेटिभ विचारधाराका युन कोरियाली प्रायद्विपमा शान्ति र एकताका पक्षधर हुनुहुन्छ ।

वर्तमान राष्ट्रपति मुन जाय इनको कार्यकाल आगामी मे मा सकिएपछि युनले कार्यभार सम्हाल्नु हुनेछ ।

कोरियामा पछिल्लो समय घट्दो जन्मदर, आवास क्षेत्रमा बढ्दो महँगी र सामाजिक असमानता जस्ता विषय नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४