Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व मिस युक्रेनले छोडिन् देश,युक्रेनीलाई सहयोग गर्न विश्वको ध्यानाकर्षण


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २५ २०७८
  • 5K
    SHARES

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पूर्व मिस युक्रेन देश छोड्न बाध्य भएकी छिन् ।

रुसले युक्रेनमाथि हमला गरेको बुधवार १४ दिन पुगेको छ । युद्धबाट जोगिन लाखौं युक्रेनी नागरिकहरुले आफ्नो देश छोडेका छन् । यसैक्रममा पूर्व मिस युक्रेन भेरोनिका डिडुसेन्को आफ्नो सात वर्षीय छोरा सहित जबरजस्ती युक्रेन छोड्न बाध्य भएकी छिन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार भेरोनिकाको घर वरीपरी युद्धको साइरन बज्न थालेपछि उनी र उनका छोरा केही समय घरमै लुकेर बसे तर केही सीप नलागेपछि देश छोड्न बाध्य भएकी हुन् । सन् २०१८ मा उनी मिस युक्रेन बनेकी थिइन् ।

उनले युद्धको साइरन बज्न थालेपछि आफू आफ्नो छोरालाई लिएर निकै धेरै घण्टा हिडेर युक्रेनको बोर्डरसम्म पुगेको अमेरिकाको लस एञ्जल्समा आयोजित पत्रकार सम्मेलनमा बताएकी छिन् । भेरोनिकाले रुसले आक्रमण गर्न थालेपछि युक्रेनका जनताको अवस्था निकै दयनीय भएको भन्दै सहयोगको लागि विश्वको ध्यानाकर्षण समेत गराएकी छिन् । उनले आफूले बाध्यताबस आफ्नो देश छोड्नु परेको पनि बताएकी छिन् । उनी १८ वर्षको उमेरमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले विश्व जगतमा युक्रेनको अवस्था हेरेर सहयोग गर्न ध्यानाकर्षण गराएपछि उनको चर्चा चुलिएको छ । भेरोनिका आफ्नो सात वर्षीय छोरालाई लिएर जेनेभा गएकी हुन् ।

लस एन्जलसमा आयोजित पत्रकार सम्मेलनमा उनले भिसा नपाएका कारण छोरालाई अमेरिका लैजान नसकेको बताएकी छिन् । आफू जेनेभा फर्किएर छोरालाई भेट्ने पनि उनले बताएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४