Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसको तेल आपूर्ति बन्द गरे युरोप जाने मुख्य ग्यास लाईन बन्द गरिदिने रुसको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २४ २०७८
  • 7.4K
    SHARES

काठमाडौं । आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन बन्द गर्ने चेतावनी रुसले दिएको छ ।

रुसबाट तेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चेतावनी दिएको हो । तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेलको आवश्यकता रुसबाट आपूर्ति हुँदै आएको छ ।

रुसी उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले रुसको तेल निर्यातमा प्रतिबन्धको अर्थ विश्वलाई उकुसमुकुस अवस्थामा पुर्याउनु हो भन्दै त्यसपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलर पुग्ने बताउनुभयो । रुसी सरकारी टेलिभिजनबाट बोल्दै नोभाकले तत्काल युरोपमा रुसी तेल र ग्यासको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो ।

अमेरिकी उक्साहटमा लाग्नुको परिणाम युरोपेली जनताले भोग्नुपर्ने भन्दै उहाँले त्यसले अन्ततः युरोपलाई नै तहसनहस बनाउने पनि बताउनुभयो ।

रुस-युक्रेन युद्धका कारण अहिले नै युरोपमा तेल र ग्यासको भाउँ उच्च दरमा बढिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४