Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माओवादीले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी, तोक्यो प्रदेश इन्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 5.8K
    SHARES

काठमाडौं । तीन वटा मुख्य निर्णय गर्दै नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

बैठकपछि नेता जनार्दन शर्माले एमसीसीमा उठेका प्रश्नहरु जेठ २० सम्म स्थगित गरेको, प्रदेश इन्चार्जहरु तोकेको र स्थानीय निर्वाचनका पार्टी नीति तय गरेर बैठक समापन भएको जानकारी दिनुभयो । उहाँले एमसीसीमा उठेका विषयका साथै पार्टी पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो पनि जेठमा बस्ने बैठकले टुंगो लगाउने बताउनुभयो ।

यस्तै, माओवादीले केन्द्रीय कमिटीलाई पनि पूर्णता दिएको छ । ३ सय ४४ जनाको केन्द्रीय कमिटी बनाएको सो पार्टीले थप २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने छ । प्रदेश १ को इञ्चार्जमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ ।

यस्तै, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको छ । सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।

बैठकलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले बैठक वस्तुवादी निर्णय गर्न सफल भएको दाबी गर्नुभयो । उहाँले पार्टी एकता संकटमा पर्ने हो कि भन्ने चिन्ता अन्त्य गर्न सफल भएको जिकिर समेत गर्नुभयो ।

प्रचण्डले माओवादी केन्द्रमाथि वैचारिक राजनीति र राजनीतिक मुद्दाका कारणले आक्रमण हुने गरेको उल्लेख गर्नुभयो । उहाँले चुनाव केन्द्रित भएर गए देशको राजनीतिमा मुख्य भूमिका खेल्ने शक्ति बन्न सम्भव रहेको दाबी गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४