Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च प्रतिब्यारेल मूल्य १३० डलर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २३ २०७८
  • 7K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८ पछिकै उच्च बिन्दु हो ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी रुसविरुद्ध पश्चिमा मुलुकहरुको प्रतिबन्धहरु कडा हुँदै जाँदा तेलको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसको तेल नकिन्न अमेरिकालाई चौतर्फी दबाब सृजना भइरहेका बेला कच्चा तेलको मूल्य यसैमहिना २ सय डलर पुग्ने अनुमान व्यापारीहरुले गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट खरिद गरेको कच्चा तेललाई प्रशोधन गरेर त्यसैअनुसारको लागत थपेर भारतले नेपालाई बिक्री गर्छ । जीटूजी सम्झौता अनुसार खरिद गरिएको तेलको मूल्यमा अन्तर्राष्ट्रिय बजारको मूल्य वृद्धि अनुसार कै मूल्य बढ्ने भएकाले कच्चा तेलको मूल्य वृद्धिले नेपाली बजार पनि प्रभावित हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४