Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बुटवलको खानेपानी संस्थाको चुनावमा सत्ता गठबन्धनको प्यानलै विजयी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २२ २०७८
  • 6.7K
    SHARES

,बुटवल । एमालेले आफ्नो गढ दाबी गर्दै आएको बुटवलको एक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चुनावमा एमाले इतरको गठबन्धनको प्यानलै विजयी भएको छ ।

बुटवल-११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र वामदेव गौतम निकटको समूहको प्यानलले एमालेलाई क्लीन स्वीप गरेको हो ।

गठबन्धनको तर्फबाट अध्यक्षमा पूर्णबहादुर परियारले ४०६ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका प्रकाश श्रेष्ठले २११ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सिंहबहादुर बोगटीले ३३९ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञानप्रसाद भण्डारीले २५६ मत प्राप्त गरे ।

सचिवमा गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी कंडेलले एमालेका हुमाकान्त लम्साललाई पराजित गर्दै विजयी भएकी छन् । कंडेलले ३६९ मत प्राप्त गर्दा लम्सालले २२४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा गठबन्धनकी कमला पाण्डेले ३४८ मत प्राप्त गरी विजयी हुँदा एमालेकी मनकुमारी खत्रीले २४२ मत प्राप्त गरेर पराजित भइन् ।

यस्तै कार्यसमिति सदस्यमा पनि गठबन्धनका सबै उम्मेदवारले विजयी भएका छन् । सदस्यहरूमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोजबहादुर पोख्रेल, हर्क जिसी र रनबहादुर गुरुङले फराकिलो मतान्तरले विजयी भएका छन् ।

करिब ९ सय मतदाता रहेको चुनावमा ६८८ मत खसेको निर्वाचन अधिकृत बलराम नयौपानेले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको वडा नंं. ११ को नगरको सबैभन्दा धेरै मतदाता भएको वडा हो । यसअघि वडा नंं २ को टोलको चुनावमा पनि एमालेलाई हराउँदै माओवादीसहितको गठबन्धन विजयी भएको थियो ।

सामान्य संस्थादेखि सबै ठाउँमा चुनावी प्रतिस्पर्धा हुँदा बुटवलमा एमालेको उपस्थिति कम हुँदै गएको देखिन्छ । एमालेबाट विभाजन भई बनेको नेकपा (एकीकृत समाजवादी)को समेत वडा तहमा संगठन बनेपछि एमालेलाई आउँदो स्थानीय तह चुनावमा चुनौती हुने आंकलन हुन थालेको छ ।

यसअघि देवदह खानेपानी संस्थाको चुनावमा भने सत्ता गठबन्धनसहित ६ दलको प्यानललाई एमालेले पराजित गरेको थियो ।

स्थानीय निर्वाचन नजिकिंदै गर्दा खानेपानी, विद्यालय व्यवस्थापन समितिलगायतका संस्थाका चुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाउँदै मिनि चुनावको झल्को दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४