Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पल शाह प्रकरणमा बाबुरामको टिप्पणी : पीडकको पक्ष लिनु लज्जास्पद


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 2.2K
    SHARES

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै कानुनभन्दा माथि कोही नरहने बताएका छन्। उनले पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा उल्टै ‘मर्दकी दशओटी‘ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जस्पद भएको बताएका छन्।

‘नाबालिक किशोरीको यौनशोषणसम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूति/समर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो,’ उनले ट्वीटमा लेखेका छन्,’ लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर सुरूमै न्याय प्रभावित नहोस् ।

उमेर नपुगेकी किशोरीमाथि जबरजस्ती करणी रोपमा अभिनेता शाह प्रहरी हिरासतमा छन्। उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएका छन्। तनहुँमा प्रहरीले अनुसन्धान जारी राखेको छ। उनका समर्थकहरु  ‘पल बचाऔ‘ भन्दै डकमा नाराबाजी समेत सुरु गरेका छन्।  समर्थकको केही समूह पलको पक्षमा तनहुँ प्रहरी परिसरमा अनुसन्धानमै असर पर्नेगरी नाराबाजी र हुलहुज्जत गर्नमा लागिपरेको छ।

कसुर गरे सजायँ र नगरे सफाइको कानुनी व्ययवस्था हुँदाहुँदै समर्थकहरु भने शाह नियन्त्रणमा परेदेखि तनहुँ पुगेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४