Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसी सेनालाई समाप्त पारिदिन्छौं : युक्रेन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २१ २०७८
  • 6.5K
    SHARES

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो गठबन्धले ‘नो फ्लाई जोन’ घोषणा गर्न अस्वीकार गर्दै आएको छ । यसप्रति युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आक्रोश प्रकट गरेका छन् ।

एक भिडियो सन्देशमार्फत् युक्रेनी जनतालाई सम्बोधन गर्ने क्रममा उनले ‘नो फ्लाई जोन’ लागु नगर्दा युक्रेनमा रुस थप आक्रामक बन्दै जाने उल्लेख गरेका छन् । साथै उनले युक्रेनमा आक्रमण गर्न पश्चिमा देशहरुले रुसलाई लाइसेन्स दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । राजधानी किएभबाट जारी भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन्, ‘आज नेटो गठबन्धनको नेतृत्वले नो फ्लाई जोन लागु गर्न अस्वीकार गरेर रुसलाई युक्रेनका शहर र गाउँहरुमा बमबारी जारी राख्न अनुमति दिएको छ ।’ युक्रेनमा गरिएको आक्रमणको पश्चिमा देशहरुले विरोध गर्दै हतियार सहयोग गरे पनि रुसी सेनासँग लड्न आफ्ना सैनिक भने पठाएका छैनन् ।

यसअघि नेटोका महासचिव एस स्टोलटेनवर्गले युक्रेनको भयावह अवस्थाबारे थाहा हुँदाहुँदै पनि नो फ्लाई जोन घोषणा गर्न नसकिने बताएका थिए । पश्चिमा देशका नेताहरुले नो फ्लाई जोन बनाउँदा रुसले पश्चिमी देशका विमानहरुलाई आक्रमण गर्ने र युद्ध झन् भयावह हुनसक्ने बताउने गरेका छन् । रुस–युक्रेन युद्ध चर्किंदै गएपछि युरोपेली देशको सुरक्षाका लागि भन्दै नेटोले पूर्वी युरोपमा विशेष तालिमप्राप्त सेनाको तैनाथी भने बढाएको छ । साथै युरोपको आकाशमा हवाई गस्ती पनि गरिरहेको छ ।

रुसी सेनालाई समाप्त पारिदिने दाबी

यसैबीच युक्रेनका राष्ट्रपतिका एक सल्लाहकार एलेक्सेई एरेस्तोभिचले रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । उनले फेसबुकमा एक लामो सन्देश पोष्ट गर्दै युक्रेनी सेना र जनताको प्रतिरोधले रुसी सेनालाई समाप्त पारिदिने दाबी गरेका हुन् । रुसी सेना बलियो नभई विशालमात्र रहेको भन्दै उनले लेखेका छन्, ‘हामीले एक खास रणनीति बनाएका छौं, जसको प्रभाव देखिएको छ ।’ उनले युक्रेन भाग्यले वा संयोगले मात्र नजोगिएको बताउँदै उनले भनेका छन्, ‘विदेशी रक्षा अधिकारी युक्रेनको सेनाको शक्ति र नेतृत्व देखेर चकित परेका छन् ।’

रुसले युक्रेनमा आक्रमण गर्दा तयारीका लागि आफूहरुसँग धेरै समय नभए पनि युद्ध क्षेत्रमा आफूहरु सफल भएको दाबी गर्दै राष्ट्रपतिका सल्लाहकार एरेस्तोभिचले भनेका छन्, ‘पुटिनका १० मध्ये ८ सेना युक्रेनमा छन् । तिनीहरुलाई हामीले यहीं पुरिदिने छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४