Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २० २०७८
  • 6.1K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएकोछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । दीपककुमार कार्कीले कामु-प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लाग्नुभएको हो ।

कामु-प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन् । क्यासिनोको रोयल्टी विवाददेखि सभामुख अग्नि सापकोटाको मुद्दासमेत अलपत्र छन् ।

संघीय र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा र संवैधानिक व्याख्याको विषयमा फैसला गर्न संवैधानिक इजलास गठन भएकोथियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४