Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २० २०७८
  • 8.4K
    SHARES

काठमाडौं । रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ ।

युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् ।

युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको खबर स्थानीय शहर इनरगोदारका मेयरले दिएको भन्दै तत्काल आगो निभाउन रुसी सेनालाई आग्रह गर्नुभएको हो ।

उक्त आणविक केन्द्रबाट युक्रेनको एक तिहाइ उर्जा आपूर्ति हुँदै आएकोथियो । गएराती इनरगोदार शहरका मेयर दिमित्रो ओर्लोभले ठूलो संख्यामा रुसी सेना आणविक केन्द्रतर्फ गईरहेको जानकारी दिएका अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले रुसी आणविक केन्द्रमाथि कुनै क्षति नपुर्याउन रुसी सेनालाई आग्रह गरेकोथियो ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग एक्लाएक्लै वार्ता गर्ने प्रस्ताव राख्नुभएको छ । रुसी आक्रमण जारी रहँदा बढ्दै गएको मानवीय संकटलाई मध्यनजर राख्दै जेलेन्स्कीले पुटिनसंग एक्लै वार्ता गर्ने प्रस्ताव राख्नुभएको हो ।

रुसी राष्ट्रपति पुटिनको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४