Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फागुन २६ सम्‍म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 7.5K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन २६ फागुनसम्मको समय दिएको छ । आयोगले २० फागुनमा मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, एक भन्दा बढी स्थानमा नाम समावेश भएको भए एक ठउँको मात्र कायम गर्न र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन २६ फागुनसम्म निवेदन दिन सक्ने आयोगले बताएको छ ।

यदि कोही मतदाताको नामावलीमाथि उजुरी परे प्रमाणसहित सफाइको मौका पनि दिइने आयोगले जनाएको छ ।

आयोगका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अर्थमन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित पनि गरेको छ ।

स्थानीय निर्वाचनका लागि आयोगमा ८० दल दर्ता भएको र ती दलको निवेदनमाथि जाँचबुझ भएको भन्दै आयोगले दलहरुको अन्तिम नामावली फागुन २६ मा प्रकाशन हुने पनि जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका रुपमा खटाउन निर्वाचन आयोगले न्याय परिषद र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग जिल्ला न्यायाधीश तथा उपसचिवस्तरका कर्मचारीको नामावली माग गरेको थियो । ती नामावली प्राप्त भएको र अध्ययनको क्रममा रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

हेर्नुस् निर्वाचन आयोगको विज्ञप्ति 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४