Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलमा आज हुँदैछ क्यालिब्रेसन फ्लाइट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १९ २०७८
  • 8K
    SHARES

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप भएको धावनमार्गको परीक्षणका लागि आज क्यालिब्रेसन फ्लाइट हुने भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट आज त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइट हुने लागेको हो ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुई वटा प्रणालीको परीक्षणका लागि विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको हो । यसमध्ये एउटा रेडियो उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ ।

अर्को धावनमार्गमा जडान भएको लाइटको परीक्षण गरिने छ । यो लाइटले जहाजको अवतरणमा सहयोग गर्छ । एयारेथाईको जहाज अहिले काठमाडौं विमानस्थल मै रहेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार भएपछि यस्तो परीक्षण भएको थिएन । यान्त्रिक उडानका दौरान नियमित उडानहरु प्रभावित हुनेछन् ।

एक पटकमा दुई घण्टासम्म चल्ने यस्तो उडानका बेला जहाजहरु होल्ड हुन सक्ने सिटौलाले जानकारी दिए । विमानस्थल बन्दै गर्नु पर्ने अवस्था भने नआउने सक्ने उनको भनाइ छ । अहिले विमानस्थलमा क्यालिब्रेसन उडान संचालन गर्ने सम्बन्धमा बैठक जारी रहेको र सोही बैठकले तोकेको समयमा उडान हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४