Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सहज जित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 8K
    SHARES

एजेन्सी । लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । लेस्टरले घरेलु टोली बर्नलेलाई २–० ले पराजित गरेको हो ।

टर्फ मुर बर्नलेमा गएराति भएको खेलमा लेस्टरको जितमा सब्सिच्युट फरवार्ड जेम्स म्याडिसन र जेमी भार्डीले गोल गरे । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि लेस्टरले गोलको लागि दोस्रो हाफमा सब्सिच्युट फरवार्डको साहरा लिनुपरेको थियो ।

८२औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरलाई १–० को अग्रता दिलाए । ७२औं मिनेटमा युरी टिलेमान्सको स्थानमा मैदान छिरेका म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको जित पक्का गरे ।

७२औं मिनेटमा पाटसन डाँकाको स्थानमा मैदान छिरेका भार्डीले हार्भे बार्नेसको पासमा गोल गर्न सफल भएका थिए । यो जितसँगै लेस्टर २४ खेलबाट ३० अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । समान ३० अंक नै रहेपनि लेस्टर गोल अन्तरमा क्रिस्टल प्यालेसभन्दा पछि र एस्टन भिल्लाभन्दा अघि छ ।

क्रिस्टलले दुई तथा भिल्लाले एक खेल बढी खेलेको छ । लेस्टरसँगको हारसँगै बर्नलेलाई रेलिगेसन दवाव बढेको छ । बर्नले २५ खेलबाट २१ अंक जोडेर १८औं स्थानमा रहेको छ । बर्नलेभन्दा मुनि वाट्फोर्ड १९ अंक र नर्विच सिटीको १७ अंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४