Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमसीसी अनुमोदनपछि माओवादीमा विभाजनको खतरा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन १८ २०७८
  • 6K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाले अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदन गरेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ ।

एमसीसी पारित गर्न नहुने पक्षमा रहनुभएका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरुले पार्टीबाट विद्रोह गर्न सक्ने अवस्था देखिएको छ ।एमसीसीको विपक्षमा उभिएका नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, अञ्जना विशंखे, जीवन गौतमलगायतका पूर्व एकता केन्द्र पक्षका नेताहरु पार्टीबाट बाहिरने खतरा बढेको छ । उनीहरुलाई पार्टीभित्रै थाम्ने चुनौती आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व एकता केन्द्र समूहका नेता नारायणकाजी श्रेष्ठलाई फकाउने प्रयास थाल्नुभएको छ ।

प्रचण्ड मंगलबार श्रेष्ठको निवासमै पुगेर मतभेदलाई पार्टीमै बसेर छलफल गर्न तर पार्टी नछाड्न आग्रह गर्नुभयो । श्रेष्ठले भने एमसीसीको विपक्षमा रहेकाहरुलाई पार्टी छाडेर जान स्वतन्त्र रहेको भन्ने प्रचण्डको भनाइले आशंका उब्जाएको जवाफ दिनुभएको थियो ।

प्रचण्डले आज पनि श्रेष्ठसँग छलफल गर्दै हुनुहुन्छ । एमसीसी अनुमोदनपछि माओवादीको तल्लो तहमा पनि असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४