Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन सकियो, थप आधा दर्जन विमानस्थलमा पनि परीक्षण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १५ २०७८
  • 8.3K
    SHARES

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समय अनुसार आइतबार फ्लाइट सम्पन्न भएको हो ।

एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको हो । यो जहाजले आइतबारसम्म नै तोकिएको उडानहरु पूरा गरेको प्राधिकरणले जनाएको छ । पूर्वनिर्धारित तालिका अनुसार जहाज सोमबार थाइल्याण्ड फर्कनु पर्ने थियो । तर, उपकरण जडित जहाज नेपाल आएको मौकामा करिब आधा दर्जन आन्तरिक विमानस्थलहरुमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ । सोही अनुसार जहाज आइतबार नै पोखरा जाने भएको छ । त्यसपछि आन्तरिक विमानस्थलहरुमा परीक्षण उडान गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार जहाज मार्च ४ तारिखसम्म नेपालमै रहने छ । यो जहाजबाट पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र काठमाडौंमा क्यालिब्रेसन उडानको तयारी छ । ‘हामी सकेसम्म रात्रिकालीन उडान हुने सबै विमानस्थलको परीक्षण गर्न खोज्दैछौं,’ उनले भने, ‘क्यालिब्रेसन भइसकेका र सो अनुसार जडित उपकरणले अहिले ठिक किसिमले काम गरे–नगरेको हेर्न परीक्षण उडान गर्न लागिएको हो ।

आकास खाली गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पछिल्लो समय ३ सय मिटर धावनमार्ग विस्तार गरेपछि क्यालिब्रेसन फ्लाइट गरिएको छैन । प्राविधिक रुपमा विमानस्थल सुरक्षित छ भन्ने सुनिश्चित हुन नयाँ संरचना बनेपछि यस्तो परीक्षण गर्नुपर्ने हुन्छ । सोहीकारण आन्तरिक तथा काठमाडौंमा भने क्यालिब्रेसन परीक्षण हुने भएको हो ।

प्राधिकरणका अनुसार ‘आइएफआर सिस्टम’ जडान भएका सबै विमानस्थलमा हरेक दुई/दुई वर्षमा यस्तो परीक्षण गर्नुपर्छ । यसले जडित प्रणालीहरु ठिक छन् वा छैनन् भन्ने परीक्षण हुन्छ । तर, पछिल्लो समय धेरै समयदेखि यस्तो परीक्षण गरिएको थिएन । नेपालमा जहाज आएको मौकामा ती आन्तरिक विमानस्थलहरुमा समेत परीक्षण गर्न लागिएको हो । सोहीकारण जहाज अझै एक साता नेपालमा रहने भएको हो ।

  • गौतमबुद्ध विमानस्थलमा अबको प्रक्रिया के ?

आइतबार सकिएको क्यालिब्रेसन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ । यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट (एएमआई) विभागले प्रकाशित गर्छ । जसका आधारमा विमानस्थल उडानयोग्य भए/नभएको निश्चित हुन्छ । त्यसपछि विमानस्थलमा परीक्षण उडानको बाटो खुल्ने ति अधिकारीले जानकारी गराए । परीक्षण उडान सम्पन्न भएपछि भने प्राधिकरणले व्यवसायिक उडानका लागि एयरलाइन्स कम्पनीलाई आह्वान गर्नेछ । यो विमानस्थलमा बुद्ध जयन्तीको अवसर पारी २ जेठमा उद्घाटन उडान गर्ने तयारी प्राधिकरणले गरेको छ ।

२ जेठदेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान सुरु गरिने

अबको दुई महिनामा विमानस्थलमा अध्यागमन, सुरक्षा निकाय, भन्सार, नेपाल आयल निगमसहितका सरोकारवाला निकायले समेत आफ्ना संरचनाहरु यहाँ राख्नेछन् । त्यसपछि विमानस्थल व्यवसायिक उडानका लागि योग्य हुनेछ । सन् २०१४ मा निर्माण थालिएको यो विमानस्थल ८ वर्षपछि संचालनमा आउने प्रक्रियामा छ । यो विमानस्थल आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा कम समयमा संचालनमा आउने आयोजना बन्दैछ ।

थाइल्याण्डबाट काठमाडौं अवतरण गरी भैरहवा पुग्नेछ क्यालिब्रेसन फ्लाइट गर्ने जहाज

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४