पुष्कर खड्का
रामेछाप । सिन्धुपाल्चोकमा यात्रुवाहक बस दुर्घटना भएको छ काठमाडौंबाट सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका सिपाबडहरे जाँदै गरेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायात बस इन्द्रावती गाँउपालिका–११ मा दुर्घटना भएको हो।
दुर्घटनामा परि १२ जना घाइते भएकोमा तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी दक्ष कुमार बस्नेतले जानकारी दिनु भयो ।
उहाँले दिएको जानकारी अनुसार घाइते भएका ३ जनालाई धुलिखेल अस्पताल रिफर गरिएको र अन्य घाइतेको बोडगाउँ मेडिकल सेन्टरमा उपचार भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।