Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अपराजित रहँदै मच्छिन्द्र बन्यो लिग च्याम्पियन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन १४ २०७८
  • 6.2K
    SHARES

काठमाडौं । मच्छिन्द्र क्लब अपराजित रहँदै शहीद स्मारक ए डिभिजन लिग २०७८ च्याम्पियन बनेको छ । दुई खेलअघि नै उपाधि पक्का गरेको मच्छिन्द्रले शनिबार अन्तिम खेलमा एपीएफलाई २-१ ले पराजित गरेकाे हाे । एपीएफकाे भने ९ खेलकाे अपराजित यात्रा शनिबार नै टुंगियो । मच्छिन्द्र अपराजित रहेर लिग जित्ने पाँचाैं टोलीसमेत बन्याे । यसअघि एनआरटी, थ्रीस्टार, मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबले अपराजित रहेर लिग जितेका थिए ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा मच्छिन्द्रका लागि कार्यबाहक कप्तान अभिषेक गुरुङ र रेजिन सुब्बाले गाेल गरे । यस्तै एपीएफका लागि प्रदीप लामाले बराबरी गाेल फर्काए । नियमित कप्तान सुजल श्रेष्ठ दाेहाेराे पहेँलाे कार्डका कारण एपीएफविरुद्धकाे खेलमा खेल्न नमिल्ने भएपछि रञ्जित धिमालले मच्छिन्द्रको कप्तानी गरेका थिए । तर चाेटका कारण रञ्जित पनि खेल सुरु भएकाे केही मिनेटपछि नै मैदान बाहिरिएपछि अभिषेकले आर्मब्याण्ड लगाएका थिए ।

उनै अभिषेकले खेलकाे ४२औं मिनेटमा गाेल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । उनले आन्द्रेस नियाकाे पासमा गाेल गरे । दाेस्राे हाफकाे सुरुवात देखि आक्रामक प्रदर्शन गरेको एपीएफका लागि ६९औं मिनेटमा प्रदीप लामाले बराबरी गाेल फर्काए । मछिन्द्रका कप्तान सुजल श्रेष्ठ, फरवार्ड नुर्लान नाेभ्रुजाेभ र सुनील बल जस्ता खेलाडी मैदानमा नहुँदा एपीएफले लगातार दबाबमा राख्दै गाेल फर्काएकाे हाे । एपीएफसंग गाेल बेहाेरेपछि मच्छिन्द्रको लगातार १२ खेलमा गाेल नखाने यात्रामा पूर्णविराम लागेकाे छ ।

लिगकाे पहिलाे खेलमै एनआरटीलाई २-१ ले हराउँदा ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिक बाट गाेल गर्नुबाहेक मच्छिन्द्रलाई अन्तिम खेलमा एपीएफले मात्र गाेल गर्न सक्याे । गाेलकिपर विशाल श्रेष्ठले लगातार १ हजार ९५ मिनेटमा गाेल खाएनन् । एपीएफ विरुद्ध गाेलकिपर विशाल निकै व्यस्त बनेका थिए । एपीएफले लगातार दबाब बनाएपनि ८१औं मिनेटमा रेजिन सुब्बाले गाेल गर्दै मच्छिन्द्रलाई २-१ काे अग्रता दिलाए । ८३औं मिनेटमा मछिन्द्रका विशाल राईले बक्स बाहिरबाट शक्तिशाली प्रहार एपीएफका गाेलकिपर युया कुरियामाले मुश्किलले बचाए । एपीएफले निरन्तर आक्रमण गरेपनि फिनिसिङ चुस्त हुन सकेन ।

८८औं मिनेटमा हात हालाहाल गरेपछि मच्छिन्द्रका साेनाम भुटिया र एपीएफका आवास लामिछानेले राताे कार्ड पाएपछि दुवै टाेली १० खेलाडीमा सीमित भएको थियो । सातौं मिनेटमा एपीएफका विक्की तामाङको क्रसमा आशिष लामाले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोलकिपर विशाल श्रेष्ठले बचाए । २०७६ मा पहिलो पटक लिग च्याम्पियन बनेको मछिन्द्रले लगातार दोस्रो पटक उपाधि जितेको हो । यसपटक उपाधि जित्दा मछिन्द्रले अपराजित यात्रा समेत कायम राख्यो । जसमा लगातार ११ खेलमा कुनै गोल समेत खाएन ।

च्याम्पियन मछिन्द्रले लिग उपाधिसंगै नगद ७५ लाख रुपैयाँसमेत जितेको छ । शनिबारै भएकाे खेलमा मनाङ मर्स्याङ्दीसंग १-१ काे बराबरी खेल्दै त्रिभुवन आर्मी एफसीले दाेस्राे स्थानमा लिग अन्त्य गर्दै ५० लाख रुपैयाँ पक्का गर्‍यो । यस्तै एनआरटी नेपाल पुलिस क्लबलाई ३-१ ले हराएर तेस्राे भयाे । एनआरटीले २५ लाख हात पार्‍यो । मच्छिन्द्रका विशाल श्रेष्ठ, विशाल राई र कप्तान सुजल श्रेष्ठ लगातार ४ पटक ए डिभिजन लिग जित्ने खेलाडी बनेका छन् । तीन जनाले मनाङ मर्स्याङ्दीबाट दुई र मछिन्द्रबाट दुई पटक लिग जितेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४